मुग्लिन–नारायणगढ सडकखण्डमा फेरी गयो पहिरो, तीन दिनदेखि हजारौं यात्रु अलपत्र
५ आश्विन २०८२, आईतवार १४:५१

काठमाडौं। मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलामा शुक्रबारदेखि गएको पहिरोले बाटो अवरुद्ध बनेको छ। निरन्तर प्रयास भए पनि सडक अझै खुल्न सकेको छैन।
शुक्रबारदेखि सुरु भएको पहिरो पन्छाउने प्रयास आज पनि जारी छ। प्रारम्भमा आज बाटो खुल्ने सम्भावना रहेको बताइएको भए पनि सोही स्थानमा फेरि पहिरो गएपछि स्थिति अन्यौलपूर्ण बनेको छ। सडकका दुबै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ, तर लगातार सुख्खा पहिरो जानुका कारण बाटो खुल्न सकेको छैन।
हालसम्म यस सडकखण्डमा तीन दिनदेखि हजारौं यात्रु अलपत्र परेका छन्। यातायात व्यवस्था प्रभावित बनेकोले यात्रु र चालकहरू समस्यामा परेका छन्।













