राष्ट्रिय अनुसन्धान विभागको गुप्तचर प्रमुखमा टेकेन्द्र कार्की नियुक्त

५ आश्विन २०८२, आईतवार २१:१२

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त मुख्य अनुसन्धान निर्देशक कार्कीलाई गुप्तचर प्रमुखमा नियुक्त गरेको हो ।

जुम्ला घर भएका कार्कीलाई विभागको मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गर्ने निर्णय गरिएको हो ।

गुप्तचर प्रमुखको ३ वर्षे पदावधि पुरा गरेर हुतराज थापा भदौ २८ देखि अनिवार्य अवकाशमा गएपछि प्रमुखको पद रिक्त थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*