यस्तो छ आज फलफूल र तरकारीको भाउ

६ आश्विन २०८२, सोमबार ०८:१५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ३३ रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, तने बोडी ११५ रुपैयाँ र लोकल घिउ सिमी ११० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी तीते करेला ५० रुपैयाँ, घिरौला ७० रुपैयाँ, हरियो डल्ले फर्सी २५ रुपैयाँ, भिण्डी ९० रुपैयाँ, इस्कुस १० रुपैयाँ, तोरीको साग ७० रुपैयाँ, कन्य च्याउ १५० रुपैयाँ र डल्ले च्याउ ३०० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य कायम गरिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*