सार्वजनिक सवारी साधनलाई रुट परमिट खुला

६ आश्विन २०८२, सोमबार ११:०८

काठमाडौं । यात्रुवाहक सार्वजनिक सवारी साधनलाई आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ।

चाडपर्वको बेलामा यात्रुको चाप धानेर सहज ढंगले सञ्चालन गर्नका लागि देशभरका सार्वजनिक यातायातलाई रुट परमिट खुला गरिएको हो।

रुट परमिट खुलेसँगै सार्वजनिक सवारी साधनले रुट नलिइकनै गन्तव्यस्थलसम्म जान पाउने भएका छन्। रुट परमिट आगामी असोज २२ गतेसम्म कायम रहनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*