नवनियुक्त मन्त्रीहरूलाई ३ बजे शपथ ग्रहण गराउने तयारी

काठमाडौं । अन्तरिम सरकारमा नवनियुक्त मन्त्रीहरूलाई ३ बजे सपथ गराउने तयारी थालिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका मन्त्रीहरूको शपथ दिउँसो २ बजे गर्ने भनिएको थियो। तर अहिले कार्यक्रम सारेर ३ बजे गर्ने तयारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रा र पत्रकार जगदीश खरेललाई मन्त्रीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन्।
यता स्वास्थ्यमन्त्रीका लागि सिफारिस गरिएको डा. संगीता मिश्राको विषयमा भने विवाद उठिरहेको छ। हालको अन्तरिम सरकारमा ३ जना मात्रै मन्त्रीहरू रहेका छन्।
नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति समक्ष शपथ लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।













