यूएईमा कार्यरत नेपालीहरूलाई कानुन उल्लंघन नगर्न राजदूतावासले गरायो सचेत

८ आश्विन २०८२, बुधबार १०:५४

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा कार्यरत नेपालीलाई त्यहाँस्थित नेपाली राजदूतावासले ११ बुँदे सचेत गराएको छ ।

केही नेपालीहरूले मादक पदार्थ सेवन, झगडा, बैंकिङ्ग कसुर, लागूऔषध ओसारपसार, साइबर अपराध, ट्राफिक नियम उल्लंघन लगायत गतिविधिहरूमा संलग्न भएको सूचना पाएको भन्दै दूतावासले त्यस्ता क्रियाकलाप नगर्न सचेत गराएको हो ।

यी हुन् युएईस्थित नेपाली दूतावासले त्यहाँस्थित नेपालीहरूलाई सचेत गराएका ११ बुँदा

यूएईको ऐन, कानून, नियम र मूल्य मान्यता पूर्ण पालना गर्नेस कानूनले निषेध गरेका कुनै पनि कार्य नगर्ने।

मादक पदार्थ सेवन नगर्ने र झगडा नगर्ने।

कुनै पनि व्यक्तिले दिएको सामग्री चेक नगरी नबुझ्ने।

ट्राफिक नियमको पूर्ण पालना गर्नेस जेब्रा क्रसिङ मात्र प्रयोग गर्ने, ट्राफिक सिग्नलको पालन गर्ने।

इमिरेट्स आईडी सधैं साथमा राख्ने।

सधैं शिष्ट, मर्यादित र अनुशासित व्यवहार पालना गर्ने।

कसैसँग कुनै किसिमको नगद कारोबार वा लेनदेन नगर्ने।

लोभ, लालच वा प्रलोभनमा नपर्नेस पासपोर्ट, इमिरेट्स आईडी वा फोनको सिम कार्ड कसैलाई नदिने।

सामाजिक संजालमा व्यक्तिगत चरित्रहत्या वा सामाजिक सद्भाव खलबल्याउने पोस्ट नगर्नेस अनावश्यक इमेल नगर्ने।

देशका चाडपर्व, धर्म तथा सांस्कृतिक कार्यक्रमहरू स्थानीय कानूनको पालना गर्दै पूर्व स्वीकृति लिएर मात्रै आयोजना गर्ने।

नेपाली समुदायबीच ऐक्यबद्धता कायम राख्नेस सबै संघसंस्था र समाजबीच पारस्परिक सम्बन्ध र भातृत्व कायम राख्ने।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*