मंगलबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.०६ अकंले बढेर २६५४.२८ बिन्दुमा कायम भएको छ । आज ३५६ कम्पनीको २ करोड १५ लाख ८० हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४ करोड ३५ लाख रुपैयाँको कारोबार भएको हो ।
मंगलबार १३७ कम्पनीको शेयर मूल्य बढेको छ भने १३१ कम्पनीको घटेको छ । ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
यसदिन मिड सोलुको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीले आज लाभांश घोषणा गरेसँग शेयरमा सर्किट लागेको हो ।
फस्र्ट माइक्रो फाइनान्सको ७.७५ प्रतिशत, मैलुङ खोलाको ५.६३ प्रतिशत, माण्डुको ५.४३ प्रतिशतले शेयर मूल्य बढेको हो ।











