बालेन र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूबीच भेटवार्ता
५ आश्विन २०८३, सोमबार १४:२५

काठमाडौं । वालेन्द्र शाह (बालेन) सँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता गरेका छन्।
संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफलका लागि बालेनले प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिलाई बोलाएका थिए। छलफलमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँगै विश्वप्रकाश शर्मा पनि उपस्थित थिए।
बालने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भोलि असोज ६ गते मंगलबार अपराह्न संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्ने कार्यसूची रहेको छ।











