पूँजी बजार सुदृढीकरण कार्ययोजना सार्वजनिक, नोक्सानी समायोजनदेखि पुँजीगत लाभकर घट्यो

२९ भाद्र २०८३, सोमबार २१:४३

काठमाडौ.। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले गत साता घोषणा गर्नुभएको पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना अर्थ मन्त्रालयले औपचारिक रूपमा सार्वजनिक गरेको छ।

अर्थ मन्त्रालयले पूँजी बजारको विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा बजारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको हो।

कार्ययोजनामा पूँजी बजारको विद्यमान अवस्था सुधार गर्दै बजारको स्थायित्व, पारदर्शिता र प्रभावकारिता बढाउने विषयलाई प्राथमिकतामा राखिएको छ।

अर्थ मन्त्रालयका अनुसार कार्ययोजनामार्फत पूँजी बजारमा देखिएका समस्या तथा चुनौतीलाई सम्बोधन गर्दै बजारको सुदृढीकरण तथा पुनरुत्थान गर्ने लक्ष्य लिइएको छ।

यस कार्ययोजनाले पूँजी बजारसँग सम्बन्धित विभिन्न निकायबीचको समन्वयलाई प्रभावकारी बनाउने तथा लगानीकर्ताको विश्वास बढाउने दिशामा समेत काम गर्ने अपेक्षा गरिएको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको २१ बुँदे पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाको पूर्णपाठ यहाँ उपलब्ध गराइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*