त्रिपुरेश्वर राहदानी विभाग अगाडि यात्रुवाहक बसमा आगलागी
५ आश्विन २०८३, सोमबार १२:३८

काठमाडौं । काठमाडौंको दशरथ रंगशाला नजिकैको त्रिपुरेश्वर राहदानी विभागको अगाडी एउटा बसमा आगलागी भएको छ।
रिद्धिसिद्धि यातायातको यात्रुबाहक बसमा आगलागी भएको हो। हालसम्म पनि आगलागी भइनै रहेको छ भने ट्राफिक प्रहरीले सडकमा सवारीसाधन रोकेर घटनास्थललाई सुरक्षित गराएको छ।
उक्त बसमा लागेको आगो निभाउन दमकल आउँदै गरेको बताइएको छ। हालसम्म पनि आगलागी नियन्त्रणमा आइनसकेको हुनाले आगलागीको कारण र क्षति यकिन भइसकको छैन। बसमा सल्किएका आगोले नजिकैको विद्युतीय पोलमा पनि आगो लागेको छ। बस पूर्णरुपमा जलेर नष्ट भएको छ।











