मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठलाई ‘भिजनरी लिडरसिप’ अवार्ड

२९ भाद्र २०८३, सोमबार १३:०४

काठमाडौँ । मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठ ‘भिजनरी लिडरसिप इन लाइफ इन्स्योरेन्स एण्ड फाइनान्सियल सर्भिसेज’ अवार्डबाट सम्मानित भएका छन् ।

निर्मल काजी श्रेष्ठ सातौं एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड अन्तर्गत उक्त सम्मानबाट विभूषित भएका हुन् । ललितपुरको कुपण्डोलमा आयोजित ग्रान्ड अवार्ड सेरेमोनीका बीच उनलाई प्रथम राष्ट्रपति सम्माननिय डा. राम वरण यादब ज्यूबाट यो सम्मान प्रदान गरिएको हो ।

जीवन बीमा तथा वित्तीय सेवा क्षेत्रमा दूरदर्शी नेतृत्व प्रदान गर्दै आएकोमा कदर स्वरुप श्रेष्ठलाई यो सम्मान दिइएको आयोजक संस्थाले जनाएको छ । मेटलाइफ नेपालको नेतृत्वमा रहेर निर्मल काजी श्रेष्ठले संस्थाको व्यावसायिक विस्तार र सेवा गुणस्तर अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन् ।

एशियन प्रोफेशनल एचिभमेन्ट अवार्ड अन्तर्गत विभिन्न पेशा व्यवसायमा उत्कृष्ट प्रदर्शन गरेका व्यक्तिहरूलाई विविध विधामा सम्मान प्रदान गर्दै आइएको छ । नेपाल लगायत एशियाका विभिन्न देशमा आफ्नो पेशा व्यवसायमा बेग्लै पहिचान बनाउन सफल व्यक्तिहरूलाई यस वर्ष पनि सम्मानित गरिएको थियो ।

श्रेष्ठले प्राप्त गरेको यो सम्मान बीमा तथा वित्तीय सेवा क्षेत्रमा कार्यरत सम्पूर्ण पेशाकर्मीका लागि पनि गौरवको विषय बनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*