टीभीएस एनटर्क १५० नेपालमा सार्वजनिक, मूल्य ३ लाख ६९ हजार

११ आश्विन २०८३, आईतवार १८:४१

काठमाडौँ । टीभीएस मोटर कम्पनीले नेपालमा १५० सीसी क्षमताको हाइपर स्पोर्ट स्कुटर ‘टीभीएस एनटर्क १५०’ सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा शनिबार काठमाडौंको नक्सालमा उक्त स्कुटर सार्वजनिक गरेको हो।

१४९.७ सीसी क्षमताको इन्जिन जडित एनटर्क १५० ले ७ हजार आरपीएममा १३.२ पीएस पावर तथा ५ हजार ५ सय आरपीएममा १४.२ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार स्कुटरले ६.३ सेकेन्डमै शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ। यसको अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा रहेको छ।

एनटर्क १५० मा ५० भन्दा बढी स्मार्ट कनेक्टेड फिचर उपलब्ध छन्। टर्न–बाइ–टर्न नेभिगेसन, अन्तिमपटक पार्क गरिएको स्थानको जानकारी, कल तथा म्यासेज अलर्ट र विभिन्न राइड मोडलगायत सुविधा स्कुटरमा दिइएको कम्पनीले जनाएको छ। सुरक्षाका लागि सिंगल च्यानल एबीएस र ट्र्याक्सन कन्ट्रोलसमेत उपलब्ध छन्।

स्टेल्थ एयरक्राफ्टबाट प्रेरित डिजाइनमा तयार गरिएको एनटर्क १५० मा प्रोजेक्टर हेडलाइट, एरोडाइनामिक विङलेट्स, स्पोर्टी टेल ल्याम्प, कलर्ड एलोय ह्विल र नेकेड ह्यान्डलबारलगायत विशेषता छन्। त्यस्तै, स्कुटरमा २२ लिटर क्षमताको अन्डर–सिट स्टोरेज, टेलिस्कोपिक सस्पेन्सन, एड्जस्टेबल ब्रेक लेभर र ‘ईजी सेन्टर स्ट्यान्ड’ दिइएको छ।

कम्पनीका अनुसार टीभीएस एनटर्क १५० स्टेल्थ सिल्भर, रेसिङ रेड र टर्बो ब्लू गरी तीन रङमा उपलब्ध हुनेछ। यसको प्रारम्भिक मूल्य ३ लाख ६९ हजार ९ सय रुपैयाँ तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*