राष्ट्रपति पौडेल नवदुर्गा मन्दिरमा पूजा गर्न जाँदै
८ कार्तिक २०८३, आईतवार १३:१७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज कोजाग्रत पूर्णिमाका अवसरमा भक्तपुरस्थित नवदुर्गा मन्दिरमा पूजा तथा दर्शनका लागि जाने भएका छन्।
राष्ट्रपतिको सचिवालयका अनुसार पौडेल अपराह्न ३ बजे मन्दिर पुग्ने कार्यक्रम छ।
विजयादशमीका अवसरमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म राष्ट्रप्रमुखले विभिन्न शक्तिपीठको दर्शन तथा पूजा गर्ने परम्परा छ। नवदुर्गा मन्दिरमा पूजा गरेसँगै यस वर्षको दसैँसँग सम्बन्धित धार्मिक अनुष्ठान समापन हुने मान्यता छ।











