सुदूरपश्चिमका पहाडी क्षेत्रमा भूकम्पको धक्का महसुस

८ कार्तिक २०८३, आईतवार १३:३०

काठमाडौं । सुदूरपश्चिम प्रदेशको बैतडीलाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका अधिकांश भूभागमा महसुस गरिएको छ।

दिउँसो १ः०६ बजे भूकम्प गएको हो । बैतडीको अरिगाउँ आसपास केन्द्रविन्दु भएर उक्त भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पका कारण भएको सम्भावित क्षति तथा अन्य विवरण भने प्राप्त हुन बाँकी छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*