राधी विद्युत् कम्पनीले डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डा
९ श्रावण २०७९, सोमबार १०:४५

काठमाडौं । राधी विद्युत् कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ८ गते बसेको संचालक समितिको बैठकले सभा साउन ३० बस्ने निर्णय गरेको हो ।
उक्त निर्णयअनुसार कम्पनीको आर्थिक वर्ष २०७७।०७८ को सभा साउन ३० गते सोमबार बिहान ११ः३० बजे बस्नेछ ।
उक्त सभाले आव २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको वासलात, नाफा–नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने र २०७८।०७९ को लागि लेखापरिक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनार्थ शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज) साउन २० गते गर्ने निर्णय गरेको छ । यसअनुसार साउन १९ गतेसम्म कायम शेयरधनीहरुमात्र सभामा उपस्थित हुन पाउनेछन् ।













