पौने २१ करोडको बीमा दाबीमा ६७ लाख रुपैयाँ प्रि-क्लेम सेटलमेन्ट, कुनमा सबैभन्दा धेरै दाबी ?

१४ आश्विन २०८३, बुधबार १५:५५

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले प्रि-क्लेम सेटलमेन्टमार्फत बीमितहरुलाई ६७ लाख ४८ हजार रुपैयाँ बीमा दाबी भुक्तानी गरिसकेको छ। हालसम्म पौने २१ करोडको बीमा दाबीमा ६७ लाख रुपैयाँ मात्रै बीमा दाबी भुक्तानी भएको छ। बीमा प्राधिकरणको बाढी पहिरो सम्बन्धी निर्देशिकाले बीमितहरुलाई सहज हुने भएको छ भने प्रि दाबीको रेसियो पनि बढ्ने बीमा कम्पनीका अधिकारीहरु बताँउछन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांकले सो रकम रसुवा भेटकोशी, त्रिशुली क्षेत्रमा बाढी प्रभावितहरुलाई कम्पनीहरुले भुक्तानी दिएको हो ।

कुन क्षेत्रमा कति बीमा दाबी भुक्तानी ?

प्रि सेटलमेन्टमार्फत हालसम्म सम्पत्ति बीमामा सबैभन्दा धेरै भुक्तानी भएको छ। असोजको दोस्रो सातासम्ममा सम्पत्ति बीमामा बीमा कम्पनीहरुमार्फत ३८ लाख १४ हजार रुपैयाँ बीमा दाबी भुक्तानी भईसकेको छ। त्यस्तै, तेस्रो पक्षको बीमामा २४ लाखमाथि, ट्राभल इन्स्योरेन्समार्फत २२ हजार रुपैयाँ र अन्य बीमामार्फत ५ लाख माथिको बीमा दाबी भुक्तानी भएको छ।

कुन कम्पनीले कति गरे दाबी भुक्तानी ?

प्रि सेटलमेन्टमार्फत हालसम्म सबैभन्दा धेरै युनाईटेड अजोड इ्रन्स्योरेन्सले सबैभन्दा धेरै बीमा दाबी भुक्तानी गरेको छ।
कम्पनीले असोजको १२ गतेसम्ममा ३३ लाख रुपैयाँ भुक्तानी गरेको छ।

दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस अवधिसम्ममा २६ लाख ६२ हजार रुपैयाा बीमा दाबी भुक्तानी गर्न सफल भएको छ।
तेस्रोमा एनएलजी इन्स्योरेन्स रहेको छ। कम्पनीले यस अवधिमा ७ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्न सफल भएको छ ।

चौथौमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ। कम्पनीले यस अवधिमा २२ हजार रुपैयाँ भुक्तानी गरेको छ।

सरकारले यस विपत्तिमा पिडित बीमकलाई बीमा दाबीको आवश्यक झन्झट व्योहेर्ने झन्झटबाट टाढा राख्न सहज वातावरण बनाईदिन नेपाल बीमा प्राधिकरणलाई निर्देशन दिएको थियो । सो निर्देशन बमोजिम बीमा प्राधिकरणले त “रसुवा बाढी दाबी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि, २०८३” मार्फत पाँच लाख रुपैयाँसम्मको दावी सर्भेयर बिना नै बीमा कम्पनी आफैले भुक्तानी गर्न सक्ने गरी सुविधा ल्याएको छ ।

प्राधिकरणले सञ्चालक समितिबाट स्वीकृत “रसुवा बाढी दाबी भुक्तानी सम्बन्धी संक्षिप्त कार्यविधि, २०८३” मार्फत पाँच लाख रुपैयाँसम्मको दावी सर्भेयर बिना नै बीमा कम्पनी आफैले भुक्तानी गर्न सक्ने गरी सुविधा लागू गरिएको छ । उक्त कार्यविधि आजैबाट लागू भएको छ । सो कार्य विधि अनुसार अब बाढीबाट प्रभावितहरूले आफ्नो बीमा दाबी सरल र द्रुत प्रक्रियाबाट पाउने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*