१९ करोडको शेयरलाई ४ अर्ब ४४ करोड बनाउने कोका–कोलाको निर्णय
९ श्रावण २०७९, सोमबार ११:०८

काठमाडौं । बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल (बालाजु)ले हाल कायम १९ करोड चुक्तापुँजीलाई बृद्धि गरी ४ अर्ब ४४ करोड पुर्याउने भएको छ ।
अमेरिकी बहुराष्ट्रिय कम्पनी कोका–कोला नेप्सेमा सूचीकृत कम्पनी हो । कम्पनीको यहि जुलाई २० मा बसेको संचालक समितिको बैठकले जारी पुँजी बृद्धि गरी ४ अर्ब ४४ करोड पुर्याउने निर्णय गरेको हो ।
कम्पनीको हाल कायम चुक्तापुँजी १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको हाल जारी पुँजी ७० करोड रुपैयाँ रहेको छ । कम्पनीले चुक्तापुँजी बृद्धि गर्न जारी पुँजी बढाउने निर्णय गरेको हो ।














