नेप्सेमा ‘एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड’ सूचीकृत
९ श्रावण २०७९, सोमबार १७:३६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एनआइसी एशिया फ्लेक्सी क्याप फण्ड सूचीकृत भएको छ । एनआइसी एशिया क्यापिटलको उक्त फण्ड ‘एनआइसीएफसी’ सिम्बोलबाट सूचीकृत भएको हो ।
कम्पनीको अंकित मूल्य प्रतिइकाई १० रुपैयाँ दरका १० करोड २० लाख इकाई आज सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त फण्ड भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।













