नेप्सेमा कुमारी धनबृद्धि योजनाको इकाई सूचीकृत
९ श्रावण २०७९, सोमबार १७:४३

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको ‘कुमारी धनबृद्धि योजना’ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको म्युचुअल फण्ड आज ‘केडिबिवाई’ सिम्बोलबाट सूचीकृत भएको हो ।
कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड २५ लाख ७ हजार २५९ कित्ता इकाई आज नेप्सेमा सूचीकृत गराएको हो ।
कम्पनीले सर्वासाधारण समक्ष कुमारी क्यापिटल लिमिटेडमार्फत सो इकाई बराबरको धितोपत्र निष्काशन गरेको थियो । कम्पनीले धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम आज नेप्सेमा सूचीकृत गराएको हो । सूचीकृतपश्चात उक्त फण्ड भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।













