सुनचाँदीको भाउ घट्यो, कतिमा हुदैछ कारोबार?
१० श्रावण २०७९, मंगलवार ११:०६

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आज सुन प्रतितोला २ सय रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ तोलामा ११ सय ५० रुपैयाँ कायम भएको छ ।
सोमवारका दिन नेपाली बजारमा सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटेको थियो ।













