तीन कम्पनीको शेयरमूल्य समायोजन, असोज १२ देखि नयाँ मूल्यमा कारोबार
८ आश्विन २०८३, बिहीबार १९:००

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनी सहित एक म्युचुअल फण्डको शेयरमूल्य समायोजन भएको छ। कालिञ्चोक दर्शन, माछापुच्छ्रे बैंक र ग्लोबल आइएमई ब्यालेन्सड फण्ड–१ को शेयरमूल्य समायोजन भएको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले यस दिन कालिञ्चोक दर्शनको ८.५० प्रतिशत र माछापुच्छ्रे बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। त्यसैगरी, ग्लोबल आइएमई ब्यालेन्सड फण्ड–१ को १२ प्रतिशत नगद प्रतिफल समायोजन भएको छ ।
यही समायोजित मूल्यलाई आधार मानेर आगामी असोज १२ गते सोमबार दोस्रो बजारमा यी कम्पनीहरुको कारोबार खुल्नेछ।










