बिदामा बसेका अर्थसचिव मधुकुमार मरासिनीको सरुवा

१९ श्रावण २०७९, बिहीबार १६:२२

काठमाडौं । बिदामा बसेका अर्थसचिव मधुकुमार मरासिनीको सरुवा भएको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीको सरुवा गर्ने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

जनार्दन शर्मा अर्थमन्त्रीको रुपमा फर्केपछि मरासिनीमा बिदामा बसेका थिए । करको दर हेरफेरको विवादमा तानिएसँगै सचिव मरासिनी बिदामा बसेका थिए । शर्मा अर्थमन्त्रालयमा रहेसम्म मन्त्रालय नआउने बताउँदै आएका सचिव मरासिनी अहिले पनि बिदामा नै रहेका छन् । अर्थसचिवको जिम्मेवारीमा को आउँछ भन्ने विषयमा पनि कुनै जानकारी दिएनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*