नागरिकता बिधेयक फिर्ता गर्ने राष्ट्रपति बिद्या भण्डारीकाे निर्णय

२९ श्रावण २०७९, आईतवार २०:०८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् ।                          आज प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालयले विधेयक फिर्ता गरिएको जानकारी दिएको छ ।विज्ञप्तिमा नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देश सहित यो विधेयक  सभामा राष्ट्रपतिले फिर्ता पठाएकी हुन् ।