९ कम्पनीको शेयरमा सर्किट, कुनले कति कमाए ?

३० श्रावण २०७९, सोमबार १५:१५

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन दोहोरो अंकले घट्न पुगेको शेयरमार्केट आज ५५.८८ अंकले बढ्न पुगेको छ ।

नेप्से बढेसँगै आज केही कम्पनीको शेयरमूल्य बढ्न पुगेको छ । आज शेयरबजारमा ९ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
सर्किट लाग्ने कम्पनीहरुमा श्री इन्भेष्टमेन्ट फाइनान्स, मल्टीपर्पस फाइनान्स, राधि विद्युत कम्पनी, रिभर फल्स पावर, पञ्चकन्या माई हाइड्रोपावर, अपर हेवाखोला, राष्ट्र उत्थान लघुवित्त, हिमालयन उर्जा विकास र सेन्ट्रल फाइनान्स रहेका छन् ।

त्यस्तै, गोर्खाज फाइनान्सको ९.३१ प्रतिशत, आइसीएफसी फाइनान्सको, ९ं.०९ प्रतिशत र युनिभर्सल पावरको ९.०५ प्रतिशतले बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*