तत्काल इन्धनको मूल्य नघटाउने आयल निगमको निर्णय
३१ श्रावण २०७९, मंगलवार १७:४०

काठमाडौं । नेपाल आयल निगमले भारतबाट इन्धनको मूल्य घटेर आएपनि तत्काल ईन्धनको मूल्य नघटाउने निर्णय गरेको छ। भारतबाट मूल्य घटेर आएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ नघटाउने भएको छ।
निगमका कार्यकारी निर्देशक उमेश थानीले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो ।मासिक रूपमा ६२ करोड घाटा रहेको भन्दै तत्काल मूल्य नघटाउने बताएको छ ।निगमले मासिक रूपमा १४ करोड रूपैयाँ ऋणको ब्याज तिर्नुपर्ने अवस्था रहेको भन्दै मूल्य नघटाउने निर्णय गरेको हो ।
नयाँ मूल्यसूचि अनुसार आयल निगम अझै मासिक ६२ करोड घाटामा रहेको आयल निगले कार्यक्रममा बताएका छन् ।













