एचडिएलद्धारा शेयरधनीलाई पुरानो लाभांश बुझिलिन आग्रह

८ भाद्र २०७९, बुधबार १२:४२

काठमाडौं । हिमालयन डिष्टीलरी लिमिटेडले पुरानो लाभांश बुझिलिन शेयरधनीलाई आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७२।७३ पछिको नगद लाभांश लिन बाँकी रहेका शेयरधनीहरूलाई रकम लिन आग्रह गरेको हो ।

उक्त लाभांश प्राप्त गर्नेका लागि कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको काठमाडौंको नक्सालस्थित कार्यालयमा सम्पर्क राख्न सकिनेछ । साथै कम्पनीले आर्थिक वर्ष २०७०।७१ र २०७१।७२ वर्षको नगद लाभांश लिन बाँकी रहेका शेयरधनीहरूलाई ललितपुर, जावलाखेलस्थित कम्पनीको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

साथै, सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र शेयरधनीहरूले नगद लाभांश नलिएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जानकारी दिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*