संसदप्रति राष्ट्रपति असन्तृष्ट, कुनै पनि बेला राजिनामा गर्न सक्ने, सुरक्षाकर्मीलाई बोलाएर धन्यवाद ज्ञापन

काठमाडौं । नागरिकता विधेयकमा सत्ता गठबन्धन दलहरुले अनैतिक व्यवहार देखाएपछि राष्ट्रपति विद्यादेवी भण्डारी संसदप्रति तीव्र असन्तुष्ट बन्नु भएको छ । शितल निवासस्रोतका अनुसार राष्ट्राध्यक्षको भूमिका रहनु भएकी उहाँले कुनै पनि बेला राजिनामा दिने सम्भावना रहेको छ । आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई धन्यवाद नै दिइसकेकोले उहाँले कुनै पनि बेला राजिनामा गर्न सक्ने जनाइएको हो ।* आजै वा भोलिसम्म राजिनामा आउन सक्ने संकेत शितल निवासले गरेको छ ।
आज शीतलनिवासमा नेपाली सेनासहित सुरक्षा निकायका अधिकारीहरुलाई बोलाएर उहाँले भेटघाट गर्नु भएको छ । सो भेटघाटमा संसदप्रति र नागरिकता विधेयकमाथि सत्ता गठबन्धनले गरेको बेईमानीको चर्चा गरेको सूत्रले जनाएको छ । भेटमा के–के कुराकानी भयो भन्ने विस्तृत विवरण बाहिर आएको छैन । यद्यपि, सुरक्षा सम्बद्ध स्रोतले भण्डारीले सुरक्षाकर्मीहरुलाई धन्यवाद दिएको स्रोतले जनाएको छ ।
भेटमा शीतलनिवासका वर्तमान सुरक्षा प्रमुख नेपाली सेनाका सहायक रथी पवन घिमिरेसहितका उच्च सैन्य अधिकारीहरु पनि सहभागी थिए । नेपाली सेनाको परमाधिपति समेत रहने राष्ट्रपतिको सुरक्षा व्यवस्थापनको नेतृत्व नेपाली सेनाले गर्छ ।
राष्ट्रिय अनुसन्धानमा विभागको एउटा टोली पनि राष्ट्रपति कार्यालयमा खटिन्छ भने बाहिरी सुरक्षामा नेपाल प्रहरीले एकजना प्रहरी निरीक्षक इन्स्पेक्टरको सुरक्षामा टोली खटाउने गर्छ ।
राष्ट्रपति भण्डारी संसदबाट नागरिकता विधेयक जस्ताको तस्तै फर्काइएपछि असन्तुष्ट बन्नु भएको जनाइएको छ । पछिल्लो समय उनले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बोलाएर भेटघाट गर्दै आउनु भएको छ । संविधानविद्हरुसँगको छलफलमा पनि उनले नागरिकता विधेयक जस्ताको तस्तै आएकोप्रति चिन्ता व्यक्ति गर्र्नु भएको थियो ।
वैवाहिक अंगिकृतको व्यवस्थाबारे पुनर्विचार गर्न भन्दै सरकारले प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक भण्डारीले संसदमा फिर्ता पठाइदिनु भएको थियो । तर प्रतिनिधिसभाबाट फेरि सोही विधेयक हुबहु पारित भइसकेको छ र राष्ट्रिय सभामा पेश हुने क्रममा छ ।
*सम्पादन गरिएको ।













