सर्वोत्तम सिमेन्टद्वारा बीमा रकम भुक्तानी

काठमाडौं । सर्वोत्तम सिमेन्टले बीमा रकम भुक्तानी गरेको छ । कम्पनीले निर्माणका क्रममा घाइते भएका एक ठेकेदारलाई दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गरेको हो ।
काठमाडौको किर्तिपुरको भैँसेबजारको एक निर्माणाधिन भवनबाट लडेर घाईते भएका ठाकुर सिंह गुरुङको उपचारका क्रममा सर्जरी लगायत स्टेनलेस स्टील इम्प्लान्टका साथै करीब २ महिनासम्मको पूर्ण रुपमा आराम आवश्यक रहेकाले उक्त अवधिको खर्च रकम कम्पनीले हस्तान्तरण गरेको हो ।
यस अघि नै उक्त ठेकेदारले सर्वोत्तम सिमेन्टद्वारा आयोजना गरेको “ठेकेदार भेटघाट कार्यक्रम” मा आफ्नो साइट रजिष्टर गराए बापत कम्पनीकोतर्फबाट सो बीमा प्राप्त गरेका थिए । भवन निर्माणका क्रममा ठेकेदार तथा अन्य निर्माणकर्मीहरुले उठाउने जोखिमलाई मध्यनजर गर्दै सर्वोत्तम सिमेन्टले आफ्नो साइट रजिष्टर गराएका ठेकेदारहरुका लागि रु ७ लाखसम्मको दुर्घटना बीमाको व्यवस्था ल्याएको थियो ।
कम्पनीले यस बीमा सुविधाले निर्माणकर्मीहरुलाई निमार्णकार्र्यका क्रममा घाइते हुँदा लाग्ने उपचार खर्च तथात्यसपछिको जीविकोपार्जनमा केही सहुलियत पुग्ने विश्वास कम्पनीले लिएको छ ।













