खल्ती र अपेनबीच शिक्षा क्षेत्र डिजिटलाइज गर्ने सम्झौता

१२ भाद्र २०७९, आईतवार १६:४८

काठमाण्डौं । आफ्नो सेवालाई डिजिटलाइज गरेर थप सरल बनाउने उद्देश्यका साथ एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) र खल्तीबीच साझेदारी भएको छ।

उक्त साझेदारीसँगै अब अपेनसँग आबद्ध रहेका ६०० भन्दा बढी मनटेश्वरीले नवीकरण शुल्क तथा कार्यक्रम शुल्कको सजिलै खल्तीमार्फत भुक्तानी गर्न सक्नेछन्। यसका साथै अपेनसँग जोडिन चाहने मनटेश्वरीले पनि अपेनको रजिस्ट्रेसन शुल्क ‘खल्ती’बाट भुक्तानी गर्न सक्ने भएको छ।

खल्तीले अपेनसँग आबद्ध रहेका हरेक मनटेश्वरीलाई डिजिटल शुल्क संकलनको सुविधा प्रदान पनि गरेको छ। जसअन्तर्गत अब अपेनसँग आबद्ध भएका र हुन चाहने सम्पूर्ण मनटेश्वरीले निःशुल्क रुपमा डिजिटल शुल्क संकलन गर्न सक्नेछन्। यसका साथै ५०० निःशुल्क एसएमएसको फाइदा पनि लिन सक्नेछन्।

नेपालको फिनटेक उद्योगमा खल्तीले आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डका रुपमा स्थापित गर्न सफल भएको छ। देशभर २३ लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताका साथमा ६० हजार बढी एजेन्ट नेटवर्कको प्रयोगकर्ताहरु बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै– मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी यी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*