ह्वातै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?
१६ भाद्र २०७९, बिहीबार ११:१४

काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ९ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ३० रुपैयाले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदी आज प्रतितोला ११ सय रुपैयाँ कायम भएको छ ।
बुधवारका दिन नेपाली बजारमा सुन प्रतितोला ८ सय रुपैयाँले बढेको थियो ।













