इसेवाको मोबाइल एपमा समस्या, गुगल प्लेस्टोरबाटै हटाइयो इसेवाको मोबाइल एप

१४ आश्विन २०७९, शुक्रबार २२:१८

काठमाडौं । नेपालका सबैभन्दा ठूलो विद्युतीय भुक्तानी सेवाा प्रदायक इसेवाको मोबाइल एपमा समस्या उत्पन्न भएपछि सेवा अबरुद्ध हुन पुगेको छ ।
देशैभरि ६५लाख भन्दा बढि जनताले प्रयोग गर्दै आएको इसेवाको मोबाईल एपमा समस्या आउँदा विद्युतीय भुक्तानीका लागि इसेवाको भर परेका सेवाग्राहीहरु प्रभावित भएको गुनासो गरेका छन् । इसेवाले सो सम्बन्धमा औपचारिक कुनै जानकारी गराएको छैन ।

आज साँझबाट इसेवाको मोबाइल एप गुगलको प्ले स्टोरबाट हटाइएको छ । हटाइएको कारणबारे इसेवाले केही बताउन चाहेको छैन । दशैंको समयमा इसेवाको मोबाइल एप प्लेस्टोरबाट हटेको हो । गुुगलको प्लेस्टोरमा एफवान सफ्ट इसेवा एचएलको नामबाट रजिष्टर गरिएकोमा अहिले उक्त एप फेला फेलापर्न सकेन भन्ने सन्देश दिइरहेको छ ।

इसेवाको कम्प्युटरबाट लगइन गर्न भने मिलेको छ । वेभ ब्राउजरबाट भने इसेवाको कारोबार सुचारु भइरहेको छ ।

इसेवा बीमा शुल्क भुक्तानी गर्ने सजिलो डिजिटल माध्यम हो । पछिल्लो पटक तीन महिने अभियानको क्रममा चार अर्ब रुपैयाँ भन्दा बढि बीमा शुल्क इसेवामार्फत भुक्तानी भएको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*