ह्वातै घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
२५ आश्विन २०७९, मंगलवार १०:५१

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको भाउमा तोलामा १ हजार २ सय रुपैयाले र चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी माहासंघका अनुसार आज नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा १२ सय १५ रुपैयाँमा कारोवार भईरहेको छ ।
सोमबारको दिन नेपाली बजारमा सुन तोलामा ८ सय रुपैयाँले घटेको थियो ।











