हिमालयन पावर पार्टनरका संचालक चन्द्रप्रसाद ढकालद्धारा राजिनामा
२६ आश्विन २०७९, बुधबार ११:०९

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडका संचालक चन्द्रप्रसाद ढकालले संचालक पदबाट राजिनामा दिएका छन् ।
कम्पनीको सुरुवाती अवस्थादेखि संस्थापक संचालक भई दोर्दी खोला जलविद्युत् आयोजनाको स्थापना तथा आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्ने अवस्थासम्म पुर्याएका ढकालले आफ्नो व्यक्तिगत कारण देखाई संचालक पदमा निरन्तरता दिन नसक्ने भनी राजिनामा दिएका हुन्।
उनले दिएको राजिनामा कम्पनीको भदाँै २५ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।











