चुच्चे नक्साले ओगटेको भूमि फिर्ता गर्ने एमालेको २१ औं ग्यारेन्टी

१५ कार्तिक २०७९, मंगलवार १७:३७

काठमाडौं । नेपालको संसदबाट दुई तिहाई मतसहित पास भएको चुच्चे नक्साले ओगटेको भूभाग फिर्ता गर्ने सम्बन्धमा नेकपा एमालेले २१ औं बुँदाको ग्यारेन्टी भएको एमाले अध्यक्ष केपी ओलीले घोषणा गरेका छन् ।

आज काठमाडौंको सार्वजनिक घोषणा पत्रमा नेकपा एमालेले २० बुँदे ग्यारेन्टी पत्र सार्वजनिक गरेको थियो । सो ग्यारेन्टी पत्रमा चुच्चे नक्साले ओगटेको भूमि फिर्ता गर्ने विषय परेको थिएन । पत्रकारहरुले कन्फर्टेवल हुन चुच्चे नक्साले ओगटेको भूमि फिर्ता गर्ने विषय नराखेको हो कि ? भन्ने जिज्ञाशा गरेपछि अध्यक्ष ओलीले नेपालको नक्सा बमोजिम छुटेको भूमि फिर्ता गर्ने विषय नेपाल सरकारले प्रक्रिया अघि बढाइसकेको विषय भएको बताउँदै नेपाली भूमि फिर्ता गर्ने विषय एमालेको घोषणा पत्रमा उल्लेख नभएको भएपनि ग्यारेन्टी नै भएको बताए ।

अघिल्लो पटक तत्कालिन नेकपा नेतृत्वको सरकारले संसदबाट नेपालको नक्सामा छुटेको चुच्चे नक्सासहित समावेश गरेर नयाँ नक्सा संसदबाट पारित गराएपछि नेकपा टुक्रा टुक्रामा विभाजन भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*