नयाँ पुस्ताको फोर्ड रेन्जर र्यापटर नेपाल भित्रियो

काठमाण्डौं । विश्वभर आफ्नो अफ–रोड र अन–रोड पर्फमेन्सद्वारा ख्यातिप्राप्त फोर्ड रेन्जर र्यापटरको नयाँ संस्करण नेक्स्ट–जेन रेन्जर र्यापटर नेपाली बजारमा आएको छ।
फोर्ड पर्फमेन्सको अवधारणाअनुरुप डिजाइन तथा इन्जिनियर गरिएको, यस नेक्स्ट–जेन रेन्जर र्यापटरमा विभिन्न स्मार्ट प्रविधिका साथ नयाँ पुस्ताका हार्डवेयरहरु राखिएका छन्। जसले अफ–रोड गाडीहरुको श्रेणीमा एउटा नयाँ आयाम बनाएको छ र विश्वभरका अफ–रोड प्रेमीहरु यस संस्करणप्रति निकै उत्साहित रहेका छन्।
अफ–रोड भू–भाग मध्यनजर गरी विभिन्न नयाँ सुविधा तथा प्रविधि जडान गरिएको नेक्स्ट–जेन रेन्जर र्यापटरमा नयाँ ट्विन–टर्वो ३।० लिटर इकोबुस्ट भी६ पेट्रोल इन्जिन जडान रहनेछ। यसले ५६५० आरपीएममा ३९७ पीएस पावर प्रदान गर्दछ र ३५०० आरपीएममा ५८३ एनएम टर्क उत्पादन गर्दछ। फोर्ड पर्फमेन्स मापदण्डअनुरुप गरिएको, १०–स्पिड अटोमेटिक ट्रान्समिसनयुक्त नेक्स्ट–जेन रेन्जर र्यापटरको नयाँ इन्जिनले सहजै रुपमा ग्राभेल, माटो, हिलो बालुवामा चलाउन मद्दत गर्दछ।
नेक्स्ट–जेन रेन्जर र्यापटरमा चालकले इलेक्ट्रोनिक रुपमा नियन्त्रित सक्रिय एक्जस्ट सिस्टमद्वारा आफ्नो र्यापटरको आवाज चार एक्जस्ट मोडमध्ये चयन गर्न सक्छ– क्वाइट, नर्मल, स्पोर्ट र बाजा।
वालुवामा वा मरुभुमिमा डेजर्ट–रनिङ पावर दिनका लागि बाजा मोडमा उपलब्ध नेक्स्ट–जेन रेन्जर र्यापटरको एन्टी–ल्याग प्रणालीले तपाई थ्रोटलबाट बाहिर निस्कँदा पनि तीन सेकेन्डसम्म टर्वो स्पिनिङ कायम रहन्छ। जसको फलस्वरुप गाडीले तत्काल मोडहरुमा वा गियरहरुबीच पनि पावर प्रदान गर्दछ।
यस गाडीका लागि फोर्डले फोक्ससँग सहकार्य गरी कम्प्युटर एडेड इन्जिनियरिङ र वास्तविकताको मिश्रण प्रयोग गरेर यसका सक् ट्युन गर्ने, भल्भहरु ट्युन गर्नेजस्ता क्रियाकलापहरुद्वारा रेन्जर–र्यापटरको ड्राइभ जस्तोसुकै बाटोमा पनि आरामदायी, सुरक्षित बनाउन मद्दत गरेको छ। जुन रेन्जर र्यापटरमा अहिलेसम्मकै सबैभन्दा नयाँ र परिष्कृत प्रविधि हो र जसले वास्तविक अफ–रोड ड्राइभमा सेन्सरहरुको सहयोगले प्रतिसेकेन्ड ५०० पटकसम्म ड्याम्पिङ एड्जस्ट गरी ड्राईभ सजिलो र आरामदायी बनाउँछ।
नयाँ नेक्स्ट–जेन रेन्जर र्यापटरमा सात ड्राईभ मोडहरु छन्। अन–रोडका लागि नर्मल, स्पोर्ट र सिल्परी र अफ–रोडका लागि रक क्रल, स्यान्ड, मड एन्ड रट्स र बाजा।
नयाँ इन्टेरियर हार्डकोर अफ–रोड रेसरहरुका लागि ध्यानमा राखी डिजाइन गरिएको छ। इन्स्ट्रुमेन्ट प्यानल, ट्रिम र सिटहरुमा रहेको फोर्ड पर्फमेन्स ‘कोड ओरेन्ज’ एक्सेन्टलाई र्यापटरको एम्बियन्ट लाइटिङले वृद्धि गरिएको छ। एफ–२२ र्यापटर जेट फाइटरका सिटहरुबाट प्रेरित भएर अगाडि र पछाडिका सिटहरुले यात्रुहरुलाई सडकमा वा अफ–रोडमा आरामदायी सवारीको अनुभूति दिन्छन्।
फोर्ड रेन्जर र्यापटर एब्सोल्युट ब्ल्याक, आर्टिक ह्वाइट, कोड ओरेन्ज र कन्कर ग्रेसहित चार आकर्षक रङहरुमा उपलब्ध छ। नेपाली बजारमा ३।० लि। भी६ पेट्रोल र १०–स्पिड अटोमेटिक नेक्स्ट–जेन रेन्जर र्यापटरको २.१५ करोड रुपैयाँ तोकिएको छ।












