घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?
२८ कार्तिक २०७९, सोमबार १०:५९

काठमाडौं । आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, चाँदी १ हजार २ सय ९५ रुपैयाँले कारोबार भैरहेको छ ।
आईतबारको दिन सुनचाँदीको मूल्य बढेको थियो । सुन तोलामा ६०० रुपैयाँले र चाँदी प्रतितोला ५ रुपैयाँले बढेको थियो ।












