१ हजार रुपैयाँले बढ्योे सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?

२९ कार्तिक २०७९, मंगलवार १०:५६

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला १ सय २० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, चाँदी १ हजार ३ सय २५ रुपैयाँले कारोबार भैरहेको छ ।

सोमवारको दिन नेपाली स्थानीय बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले र चाँदी प्रतितोला ५ रुपैयाँले घटेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*