चुनावमा कसले कति दिन पाउदैछन् सार्वजनिक विदा ?

काठमाडौं । सरकारले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य चुनावका लागि ४ दिन सार्वजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले मंसिर २ गतेदेखि ५ गतेसम्म विदा दिने भएको हो ।
निर्वाचनको सन्दर्भमा मतदानस्थल रहेका शिक्षण संस्था।विद्यालयहरुमा मंसिर २ गतदेखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने भएको छ ।
यसर्थ मतदान केन्द्र तोकिएका शिक्षण संस्था, विद्यालय तथा कार्यालयहरुका लागि मंसिर २ गतेदेखि ५ गतेसम्म ४ दिन विदा हुनेछ भने अन्य सरकारी कार्यालय तथा सार्वजनिक कार्यालयहरु बैंक वित्तीय संस्था, बीमा कम्पनी र अन्य कम्पनीहरुका लागि मंसिर ४ र ५ गते दुई दिन मात्रै विदा हुनेछ ।
त्यस्तै, शेयरबजार भने मंसिर २ गतेदेखि मंसिर ५ गतेसम्म ४ दिन बन्द रहनेछ ।













