कनेक्ट आइपिएसको विन्टर अफर, १५ हजारसम्मको वार्षिक इन्टरनेट सेवा निःशुल्क पाइने

३० कार्तिक २०७९, बुधबार १८:०८

काठमाडौं । कनेक्ट आइपिएसले बैंक खातामा आधारित भुक्तानीहरुलाई थप प्रोत्साहन गर्न विन्टर अफर ल्याएको छ । उक्त अफर अन्तर्गत मंसिर १ गतेदेखि माघ २९ गतेसम्म प्रयोगकर्ताहरुले कनेक्ट आइपिएसमा रजिष्टर गर्दा तथा भुक्तानी गर्दा विभिन्न फाइदाहरु प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले कनेक्ट आइपिएसमा नयाँ युजर बनाउँदा आफ्नो रजिष्टर गरिएको मोबाइल नम्बरमा २५ रुपैयाँको रिचार्ज प्राप्त गर्न सक्नेछन् भने नयाँ युजरले पहिलो पटल मोबाइल रिचार्ज वा बिजुलीको बिल भुक्तानी गर्दा खातामै २५ रुपैयाँ क्यासब्याक पनि प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, कनेक्ट आइपिएस प्रयोगकर्ताले इन्टरनेटको बिल भुक्तानी गर्दा १०० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् भने हरेक महिना ५ भाग्यशाली विजेताले निःशुल्क वार्षिक सब्सक्रिप्सन (अधिकतम १५ हजारसम्म) समेत प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले कनेक्ट आइपिएस मोबाइल एप डाउनलोड गरी वा वेबसाइटमा गई नयाँ युजर बनाउन सक्नेछन् । यसपछि ग्राहकले एक पटकको भेरिफिकेसन पश्चात एक वा सो भन्दा बढी बैंक खाता लिन्क गरी अन्लाईन सेल्फ भेरिफाइ वा सम्बन्धित बैंक वित्तीय संस्था मार्फत एक पटक भेरिफाइ गराउनु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*