युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१ मंसिर २०७९, बिहीबार ११:२२

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्ष ०७८।७९ को लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

लाभांश प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले मंसिर २० गते २९औं वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि मंसिर ४ गते आइतवारदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर १ गते बिहीवारसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्ने भएका हुन् ।

कम्पनीले सभा होटल एभरेष्ट, नयाँ बानेश्वर, काठमाडौंमा दिउसो ४ः३० बजे सभा गर्ने तयारी गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*