एमालेलाई हराउदैं मनाङ प्रदेश ‘क’ मा कांग्रेसका मुनिन्द्रजङ गुरुङ विजयी
५ मंसिर २०७९, सोमबार १९:५०

काठमाडौं । मनाङ प्रदेश ‘क’ मा कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित भएका छन् । एमालेका राजनबहादुर गुरुङलाई हराउदैं मुनिन्द्रजङ गुरुङ निर्वाचित भएका हुन् । एमालेका गुरुङले ९ सय २५ मत ल्याएका थिए । मुनिन्द्रले ३ सय ३० मत अन्तरले जीत हात पारेका हुन् ।
मुनिन्द्रजङले १,२२५ मत पाउँदा एमालेका राजनबहादुरले ९२५ मत मात्र पाएका छन् । यहाँ सात मत बदर भएको छ भने २३ मत राप्रपाका उमेदवारले पाएका छन् ।
प्रदेशसभा ‘ख’ मा यसअघि नै राजीव गुरुङ उर्फ दीपक मनाङे सर्वसम्मत निर्वाचित भइसकेका छन् ।
यसैबीच, मनाङको प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसका टेक बहादुर गुरुङले लिड गरिरहेका छन् । पछिल्लो आउन बाँकी छ ।












