सुनको मुल्य स्थिर, कतिमा हुदैछ कारोबार ?
९ मंसिर २०७९, शुक्रबार १०:४३

काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्य हिजोको दाजोमा स्थिर रहेको छ । चाँदीको मुल्य १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार २ सय ९५ रुपैयाँमा कारोवार भइरहेको छ ।

नेपाली बजारमा बुधवारका दिन सुनको मूल्य तोलाको १ हजार रुपैयाँले र चाँदीको मुल्य ३० रुपैयाँले बढेको थियो ।












