मंगलम इण्डष्ट्रिजले बुझायो सर्वाधिक आयकर

९ मंसिर २०७९, शुक्रबार १७:१६

काठमाडौँ । मंगलम इण्डष्ट्रिज प्रा. लि. औद्योगिक उत्पादन क्षेत्रबाट आर्थिक वर्ष २०७७÷७८ मा आन्तरिक राजस्व विभाग, त्रिपुरेश्वरको कार्य क्षेत्र अन्तर्गत सर्वाधिक आयकर दाखिला गरि आन्तरिक राजस्व विभाग, त्रिपुरेश्वर, नेपाल सरकारद्वारा सम्मानित हुन सफल भएको छ ।

राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आयोजित बिशेस समारोहका बीच कम्पनीलाई प्रदान गरिएको सम्मान पत्र मंगलम इण्डष्ट्रिज प्रा. लि. का लागि कम्पनीका अध्यक्ष, सुदर्शन चुरिवाल र निर्देशक, सशी चुरिवालले ग्रहण गर्नु भएको थियो । कम्पनीका अध्यक्ष, सुदर्शन चुरिवालले सोहि उपलक्ष्यमा बोल्दै “देशमै उत्पादन गरि देशको अर्थतन्त्रमा योगदान पुर्याएर सम्मानित हुन पाउँदा हामी असाध्यै गौरवान्वित भएका छौँ। देशको हितमा यस्तो शुभ कार्यलाई निरन्तरता दिन हामीलाई थप प्रोत्साहन मिलेको छ। साथै, यस यात्राको क्रममा हामीसंग हातमा हात मिलाई ,काँधमा काँध मिलाई अघि बढ्न साथ दिनुहुने सम्पूर्णमा हृदयदेखि कृतज्ञता व्यक्त गर्न चाहन्छौं।”

मंगलमले घर तथा उद्योग निर्माणको क्रममा आवश्यक पर्ने पाइप तथा फिटिङ्स सम्बन्धी सम्पूर्ण सामाग्रीहरु उत्पादन गर्दै आएको छ । यो खानेपानी आपूर्ति, प्लम्बिङ, स्यानिटेसन र ड्रेनेज पाइपहरूको नेपालको अग्रणी निर्माता हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*