काठमाण्डौमा सञ्चालित क्लब, डिस्को र रेस्टुरेन्ट कतिबजेसम्म मात्रै संचालन गर्न पाईने, यस्तो छ नयाँ प्रावधान

१५ मंसिर २०७९, बिहीबार १९:१०

काठमाडौं ।  काठमाडौंमा सञ्चालित क्लब, डिस्को र रेस्टुरेन्ट खुला गर्ने समय निर्धारण गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले क्लब, डिस्को तथा रेस्टुरेन्ट खुला गर्ने समय निर्धारण गरेको हो। काठमाण्डौ सीडीओ घनश्याम उपाध्यायको अध्यक्षतामा बसेको बैठकले रेस्टुरेन्टहरु राति १२ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको छ। दोहोरी रेस्टुरेन्ट र लाउन्ज बार बिहान २ बजेसम्म र क्लब तथा डिस्कोहरु भने बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय बैठकले गरेको छ।

गत भदौमा सरकारले रात्रिकालीन व्यवसाय सञ्चालनमा लगाएको समयसीमा हटाएको थियो। रात्रिकालीन व्यवसाय चौबीसै घन्टा सञ्चालन गर्न पाउने भएका थिए।

त्यसअघि प्रहरी प्रशासनले राति १० बजेपछि कुनै पनि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिएको थिएन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*