चेपे जलविद्युत कम्पनीमा अज्ञात समुहद्धारा ३ करोड रुपैयाँको बराबरको क्षति, इप्पानद्धारा घोर भत्सना

२५ मंसिर २०७९, आईतवार १७:२५

कठमाडौं । चम्पादेवी हाइड्रोपावर लिमिटेडको प्रबद्र्धनमा लमजुङ र गोरखा जिल्लामा निर्माणाधीन रहेको चेपे ए जलबिद्युत आयोजना (७ मेगावाट) को साइट अफिस एबम् पावर हाउसमा एक समूह प्रबेश गरी कार्यालय समान र सवारी साधन तोडफोड र आगजनी गरी करिब ३ करोड रुपैयाँ बराबरको क्षति पु¥याएको घटनाले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान) लाई स्तब्ध बनाएको छ ।

राइनास नहरसँगको सरोकारको बिषयमा भएको असमझदारीपश्चात घटाइएको यस्तो उच्छृङखल तथा अराजक घटनाको इप्पान घोर भत्र्सना र निन्दा गरेको छ । साथै हरेक आयोजनाहरु र त्यसका सरोकारवाला पक्षहरुबिचको कुनै पनि असमझदारी आपसी संबाद र छलफलबाटै समाधान गर्न सकिनेतर्फ ईप्पान जोड दिन चाहेको छ ।

विगतदेखि नै जलविद्युत आयोजनाहरुले यस्ता थुप्रै अप्रिय घटनाहरुको सामना गरिरहनुपरेको छ । एक पक्षीयढंगले आफ्ना माग पुरा गराउन आयोजनालाई गम्भीर क्षति पु¥याउने तथा प्रबद्र्धक एवम् कर्मचारीहरुलाई मानसिक र भौतिकरुपमा डर, त्रास पैदा गराउने नियोजित उद्देश्यले त्यस खालका उच्श्रृङ्खल, अराजक र उदण्ड गतिबिधि हुने गरेका छन् । यस प्रकारका आपराधिक गतिबिधिले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको ऊर्जा क्षेत्रमा भयंकर नकारात्मक सन्देश प्रबाह हुनुको साथै समग्र यो क्षेत्र निरुत्साहित हुने कुरातर्फ ईप्पान सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।

परियोजनाहरुको कार्यस्थलमा हुने गरेका यस्ता घटनाहरुलाई निरुत्साहित गर्न तत्काल छुट्टै सुरक्षा संयन्त्र निर्माण गर्न र राष्ट्रिय प्राथमिकता प्राप्त जलविद्युत आयोजनाहरुमा यस्ता कार्यहरु निरुत्साहित गरी सुरक्षाको प्रत्याभुती गराउनुका साथै तत्काल यस घटनाको निष्पक्ष छानविन गरी दोषी उपर कानुनी कारवाही गर्न एवम् पीडक पक्षबाटै पीडित पक्षको क्षतिपूर्ती भराउने ब्यवस्था मिलाउन ईप्पान सरकारसँग जोडदार माग गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*