आइएमई पे को सिइओमा प्रविण रेग्मी नियुक्त
२८ मंसिर २०७९, बुधबार १२:१६

काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेड (आईएमई पे)को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रविण रेग्मी नियुक्त भएका छन् ।
मंगलबार एक कार्यक्रममार्फत नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको स्वागत गरिएको छ । कार्यक्रममा आईएमई पेका अध्यक्ष एवम् आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले रेग्मीलाई स्वागत गरेका हुन् ।
इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसनमा स्नातक एवम् बिजनेश एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेका रेग्मीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा डेढ दशकभन्दा बढीको अनुभव छ । पेमेन्ट सिस्टम, बैंकिङ, टेक्नोलोजी र टेलिकमका क्षेत्रमा विशेष दखल राख्ने रेग्मीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट डिजिटल भुक्तानीसँग सम्बन्धित सैद्वान्तिक एवम् प्रयोगात्मक तालिम लिएका छन् ।












