श्री साना किसान कृषि सहकारी संस्थाको लेखा संयोजकमा दिपेन्द्र कठायत निर्वाचित

२८ मंसिर २०७९, बुधबार १८:११

काठमाडौं । श्री साना किसान कृषि सहकारी संस्था लिमिटेडको कैलाली, श्रीपुरको २६ औ बार्सिक साधारण सभा सम्पन्न भएको छ । सो सधारण सभाले कठायतलाई लेखा संयोजकको रुपमा निर्वाचित गरेको हो ।

साधारण सभामा पद तथा गोपनियताको सपथ लिदै कठायतले आफु अहिले सम्म संस्थाको हितमा काम गर्दै आएको र आगामि दिनमा आफ्नो क्षमता, बुद्धिले भ्याए सम्म संस्थालाई अगाडि बढाउने प्रतिबद्धता गरेका छन् ।

उनले आम शेयरधनीलाई आभार प्रकट गर्दै आफ्नो कार्यकाल भित्र कुनै पनि शेयर सदस्यहरुलाई पर्न गएको समस्या र हुन गएका कमि कमजोरीहरु संस्था, संचालक समिति र ब्यबस्थापन समितीका पुर्ण रुपमा खोजिनिती गरि कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यो भन्दा अघि आफु साधारण सदस्यमा रहेर पनि संस्थाको हित र आम जनसमुदायको पक्षमा काम गर्दै आएको नव निर्वाचित कठायत बताउन्छन् ।

 

साधारण सभाबाट चयन भएका नयाँ संचालक समिति र लेखा समिती लगायत सम्पुर्ण उप समितिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*