आँखुखोला जलविद्युत कम्पनीका सिइओ बरालको कार्यकाल समाप्त, निमित्त सिइओको जिम्मेवारी प्रतिक्षा शर्मालाई
२४ पुष २०७९, आईतवार १४:३७

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उत्सब बरालको कार्यकाल समाप्त भएको छ ।
यहि पुष मसान्तदेखि करार बमोजिमको कार्यकाल सकिन लागेको हुँदा अर्को व्यवस्था नभए सम्मको लागि कम्पनीका वित्त प्रबन्धक प्रतिक्षा शर्मालाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी यहि २२ गते बसेको संचालक समितिको बैठकले तोकिदिएको छ ।












