कालीगण्डकीको बहावले फर्सेका २५ घर बगायो

११ आश्विन २०८३, आईतवार १०:२१

काठमाडौं । पर्वतको जलजला गाउँपालिका वडा नम्बर ८ स्थित फर्सेमा आज आइतबार बिहान करिब ८ बजे कालीगण्डकी नदीको बहावले २५ घर बगाएको छ।

उक्त बस्तीमा रहेका करिब ८० घरमध्ये २५ घर बगेको तथा अन्य घरहरू जोखिममा रहेका छन्। मानवीय क्षति भने नभएको र बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

पहिरोका कारण तत्काल प्रहरी टोली घटनास्थलमा पुग्न सकेको छैन। उक्त स्थान प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्दछ। घटनाको थप विवरण आउन बाँकी रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*