मनाङमा १३५ मेगावाटको विद्युत आयोजना निर्माण सुरु, सांसद गुरुङले गरे उद्घाटन

२४ पुष २०७९, आईतवार १५:२८

काठमाडौं । १३५ मेगावाट विद्युत उत्पादन क्षमता रहेको मनाङ मर्स्याङदी हाइड्रोपावर प्रोजेक्टको कामकाज आजदेखि प्रारम्भ गरिएको छ । सन् २०२० देखि कोरोना महामारीका कारण रोकिएको मनाङ मर्स्याङदी हाइड्रोपावर प्रोजेक्टको कामकाज आजदेखि सुरु गरिएको हो ।

उक्त प्रोजेक्ट सुचारु आज एक कार्यक्रम आयोजना गरि गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनाङबाट प्रतिनिधि सभाका सांसद टेक बहादुर गुरुङले हिमाली जिल्ला मनाङका हिमालहरुबाट हिउँ पग्ली आएको पानीको म¥याङ्दी नदीबाट १३५ मेगावाट विद्युत उत्पादन क्षमता भएको हाईड्रो पावर प्रोजेक्ट मनाङ जिल्लामा सुचारु हुनु गर्वको कुरा रहेको बताए ।

कार्यक्रममा बोल्दै उनले भने, ‘पर्यटकीय जिल्ला मनाङमा यस हाईड्रो पावरको काम सम्पन्न भए पश्चात मनाङ जिल्लाको भौतिक तथा आर्थिक विकासमा टेवा त पु¥याउने छ, उनले थपे, ‘त्यति मात्र नभई यस मनाङ म¥याङदी हाईड्रो पावर प्रोजेक्टले सम्पुर्ण नेपालको आर्थिक विकासमा ठूलो टेवा पु¥याउने छ ।’

मनाङ मर्स्याङदी जलविद्युत आयोजनाको प्रोजेक्ट डेभलपमेन्टको लागि सरकारसँग बुटवल पावर कम्पनीसहित तीन चिनाया कम्पनीले पुष ३ गते सम्झौता गरेको थियो । सो आयोजनाको क्षमता १६५ मेगावट रहेको छ । चार वर्षमा आयोजना विकास गर्ने गरी सम्झौता भएको हो ।

उक्त आयोजनामा नेपाली साझेदार बीपीसीले २० प्रतिशत र तीन चिनियाँ कम्पनीहरू एससीआईजी इन्टरनेशनल, छिङचेङ इन्टरनेशनल र चिनियाँ लगानीकर्तामा क्यूवाइसी इन्टरनेशनलले संयुक्त रुपमा ८० प्रतिशत शेयर स्वामित्व रहने गरी लगानीकर्ताबीच समझदारी गरेको हो ।
उक्त आयोजनामा ३३ अर्ब ३८ करोड कुल लागत मध्ये २० प्रतिशत स्वपुँजी र ८० प्रतिशत ऋण लगानी रहनेछ । आयोजना विकास सम्झौता भएसँगै चिनियाँ साझेदारले चिनियाँ बैंकहरूबाट ऋण ल्याउने तयारी थालेको बीपीसीले जनाएको छ ।

आयोजनाको लागतका अनुसार बुटवल पावर कम्पनीले मात्रै करिव १ अर्ब ३३ करोड रुपैयाँ सो आयोजनामा स्व पुँजी लगाउने छ । आयोजनाबाट वार्षिक ७५ करोड ९ लाख ४८ हजार ८ सय ७५ युनिट विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ ।

१३५ मेगावाट अनुसारको उत्पादन लाइसेन्स लिने बुटवल पावर कम्पनीले अघि बढाउने छ । आयोजना पिकिङ रन अफ दि रिभर प्रकृतिको हुनेछ । जसबाट वार्षिक ७६६.५९३ गिगावाट आवर विद्युत शक्ति उत्पादन हुने जनाइएको छ । सम्भाव्यता अध्ययन अनुसार यो आयोजनाको ग्रस हेड ४३०.२० मिटर र हेडरेस टनेल ६.०७५ किमी रहेको छ । आयोजनामा २० प्रतिशत बिपीसी र चिनियाँ कम्पनीको ८० प्रतिशत लगानी रहनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*